‘गठबन्धन दलहरूबीच सहमति भएअनुसार कांग्रेस सरकारमा जान्छ’ : विमलेन्द्र निधि

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गठबन्धन दलहरूबीच सहमति भएअनुसार अहिलेको सरकार पाँच वर्षसम्म कायम रहने बताएका छन् । कांग्रेस ललितपुर नगर समितिले बिहिबार बिहान गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डकै सरकार निरन्तर रहने बताएका हुन् ।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । त्यसपछि कांग्रेस सरकारमा जान्छ । गठबन्धन दलहरूबीच सहमति भएअनुसार सरकार पाँच वर्षसम्म कायम रहन्छ । पहिलो चरणमा प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ ।’

नेकपा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको पनि निधिको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने बताएका छन् । नेता निधिले पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डकै सरकार निरन्तर रहने बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.