जारी मतदान प्रक्रियामा भोट हालेर निस्किँदै रामसहाय यादवको दावी : ‘गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हुँ’
काठमाडौं । उपराष्ट्रपति पदका लागि मतदान जारी रहेको छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान जारी रहेको हो । बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् ।
जारी मतदान प्रक्रियामा भोट हालेर निस्किँदै गर्दा उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा आशा रहेको बताएका छन् । १० दलीय गठबन्धन भित्रैबाट उपराष्ट्रपतिमा रामसहायसहित जसपाकै प्रमिला यादव र जनमतकी ममता झाको उम्मेदवारी परेको छ । प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेपनि निर्धारित समयमा फिर्ता नलिएका कारण मतपत्रमा उनको पनि नाम छ । लोसपा, जनमत र नाउपाले ममतालाई अघि सारेका छन् ।
उपराष्ट्रपति उम्मेदवार यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाए । उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुने छ ।’
अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् । यद्यपि उनीहरु पनि मतदान स्थलमा पुगेका छन् । अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ । आजै साँझ ६ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...