‘मन्त्रालय लिने कुरामा रस्साकस्सी भएको झैँ काम गरेर देखाऊ’ : गगन थापा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार गठनसँग नागरिकका आक्रोश साम्मे पार्न मन्त्रीहरुले काम गर्नुपर्ने बताएका छन् । उपराष्ट्रपतिको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग थापाले हामीले काम गर्न सकेनौ भने सुविधाजनक बहुमत रहे पनि नागरिकको आक्रोशलाई सम्हाल्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘सरकार गठनसँगै सरकारले के गर्ने भन्ने बारेमा छलफल हुनुपर्छ । हामीसँग केही महिनामात्रै छ । हामीले काम गर्न सकेनौ भने सुविधाजनक बहुमत रहे पनि नागरिकको आक्रोशलाई हामीले सम्हाल्न नसक्ने हुन्छ । मैले तर्साउन खोजेको हैन । सचेत बनाएको हो । मन्त्रालय लिने कुरामा रस्साकस्सी भएको झै कार्यक्रमलाई प्राथमिकता दिने विषयमा पनि रस्साकस्सी होस् । ६ गते विश्वासको मत लिनेभन्दा पहिले नै सरकारमा जाने नजानेबारे निर्णय गर्नुपर्छ । ५ गतेको संसदको बैठकमा हामी विश्वासको मत पनि दिन्छौं । सरकारमा सहभागी हुन्छौ भनेर निर्णय गर्नुपर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले ६ गते विश्वासको मत दिने बताएका छन् । उनले सरकार बन्नु कुनै नौलो कुरा नभएको बरु काम गर्नु नौलो विषय भएको बताएका हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.