रासायनिक मलको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
काठमाडौं । नेकपा एमालेले रासायनिक मलमा किसानलाई गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । आइतबार पार्टीको कृषि तथा पशुपन्छी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।
उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेला अहिलेको सरकारले जसरी मूल्यवृद्धि गर्ने काम गरेको छ । यो अत्यन्तै अनुचित छ । जबकी हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो । आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्नका लागि पर्याप्त मात्रामा उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आइलाग्यो रु कृषि क्षेत्रबाट विस्थापित गर्ने योजनाअन्तर्गत रासायनिक मलको अस्वाभाविक मूल्यवृद्धि गर्ने खालको काम गर्यो । त्यो सर्वथा अनुचित छ ।’
हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घट्दै गएको जनाउँदै एमालेले मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा नपार्न सरकारसँग माग गरेको छ । एमाले नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि पोखरेलले दबाब दिए । यसअघि सरकारले फागुन २६ गते रासायनिक मलमा किसानलाई दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । जसले गर्दा किसानलाई रासायनिक मल महँगिएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...