प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक डीआईजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको छ । सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् । गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जाने छन् । त्यसपछि अहिले बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुने छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.