‘संसद अन्योलता र देश अनिश्चितातर्फ जाने सम्भावना बढेको छ’ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपरेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेपछि उनले संविधानको पक्षमा गठबन्धन गर्नुपरेको बताएको बताएका हुन् ।
उनले भने, ‘हामी गठबन्धनको संस्कारमा जानुको विकल्प छैन । राजनीति गठबन्धनहरु अस्थिरता ल्याउने र क्षणिक स्वार्थको लागि मात्रै हुनु हुँदैन । देश र जनताको पक्षमा गठबन्धन केन्द्रित हुन आवश्यक छ । हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थियौं । त्यो राजनीतिक स्थिरताको लागि थियो । मैले सुरुमै भनेको थिए संसदको सुरुमा नै संसदमा अस्थिरताको आवाज उठ्न थालेका छन् । संसद अन्योलता र देश अनिश्चितातर्फ जाने सम्भावना बढेको छ । हामीले संसदको पुर्ण कार्यकालको सुनिश्चिताको लागि प्रधानमन्त्रीको प्रस्तावमा मतदान गरेका थियौं ।’
सरकारले अब आरोपप्रत्यारोपमा मात्रै नलागेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउने, विकास निर्माण र सुशासनका काम गर्नुपर्ने देउवाको भनाइ छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...