प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : के कारण पर्यो एमालेसँग दुरी कायम गर्नुपर्ने ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री बन्न एमाले चाहिए पनि दुई महिना नपुग्दै सहयात्राप्रति दुरी कायम गर्नुपर्ने कारण किन आयो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रश्न गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पौडेलले प्रधानमन्त्री बन्न समर्थन लिने र बनेको भोलिपल्ट शत्रुताको सम्बन्ध राख्दै एमालेलाई एक्ल्याउने प्रयास भएको बताएका हुन् ।

उनले भने, ‘तपाईंलाई त्यस्तो के कारण पर्यो रु जुन कारण त्यो सहयात्राबाट आज यो सहयात्रामा फर्किनुभएको छ । तपाईंलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते त्यो सहमतिमा किन पुग्नुभयो रु आज जवाफ नदिन सक्नुहुन्छ । तर, तपाईंलाई इतिहासले निरन्तर प्रश्न सोधिरहन्छ । एमाले विनाको सहमति कस्तो राष्ट्रिय सहमति हो रु म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, एमालेविना राष्ट्रिय सहमति सम्भव छ कि छैन रु’ सहयात्रीलाई घोक्राएर निकाल्ने, अनि सहमतिको कुरा गर्ने मेल खाने विषय होइन ।’

एमाले उपाध्यक्ष पौडेलले राष्ट्रिय सहमति अरोन्य रोदनको विषय नभएको बताउदै प्रधानमन्त्री प्रचण्डलाई कस्तो राष्ट्रिय सहमति खोजेको भनेर प्रश्न समेत गरेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.