यस्तो छ सांसद चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्था

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ग्यास लिक भइ आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको र सामान्य आहार दिन सुरू गरिएको छ ।

यसका साथै अनुहारको छाला राम्रो हुँदै गएको, अपरेशन गर्न आवश्यक नभएको, स्वास्थ्यमा सुधार भइरहेको र कलमी छालाले राम्रोसँग काम गरिरहेको बताइएको छ । भण्डारीलाई सामान्य आहार प्रदान गरिएको छ भने सबै स्वास्थ्य प्यारामिटरहरू सामान्य छन् । संक्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकहरूलाई कडाइका साथ निषेध गरेको छ । सांसद भण्डारी अरूको सहयोगबिना केही समय बस्न सक्छन् । केही दिनमा उनलाई हिँड्नका लागि प्रयास गराइने पनि चिकित्सकहरूको तयारी छ ।

बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए । सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो । फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.