मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा अगाडि एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी


काठमाडौं । बागमती प्रदेश सरकारका एमालेका चारजना मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार विश्वासको मत लिनुभन्दा अगाडि एमालेका चारजना मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय भएको छ । तर नेपाली कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलले सल्लाह नै नगरी विश्वासको मत लिन लागेको भन्दै असन्तुष्टि जनाएको छ । सोही कारण प्रदेश सभा बैठक केही ढिलो हुने सम्भावना छ । एमाले सरकारबाट नबाहिरिएसम्म कांग्रेसले कुनै निर्णय नगर्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले बताएका छन् । तर मुख्यमन्त्री जम्कट्टेल भने आजै विश्वासको मत लिने र कांग्रेसका एक मन्त्री भए पनि सरकारमा सहभागी गराउने तयारीमा लागेका छन् ।
एक सय १० जना सांसद रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...