अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु र दर्जनौँ घाइते
काठमाडौं । अफगानिस्तान र पाकिस्तानको सीमा नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति करिब साढे १० बजेतिर अफगानिस्तानको सहर जुर्म भन्दा ४० किलोमिटर दक्षिणपूर्वमा पाकिस्तान र ताजकिस्तानको सीमा नजिक केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पमा परी दर्जनौँ मासिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उत्तरपश्चिमी पाकिस्तानमा भूकम्पबाट कम्तिमा ९ जनाको ज्यान गएको र ४४ जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । अफगानिस्तानमा कम्तिमा चारजनाको मृत्यु भएको र ५० जना घाइते भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएको छ ।
भूकम्पको धक्का भने भारत, पाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान, काजाकिस्तान, किर्गिजस्तान, अफगानिस्तान र तुर्कमेनिस्तानका करिब २८ करोड भन्दा बढी मानिसले महसुस गरेको युरोपेली भूमध्य भूगर्भ केन्द्रले जनाएको छ । पाकिस्तानमा १० वर्षीया बालिका र २४ वर्षीय पुरुषसहित ९ जनाको मृत्यु भएको र २० भन्दा बढी घरमा क्षति भएको उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बताएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...