४१ करोडभन्दा बढीको बेटिङ कारोबारमा संलग्न ६ जना ‘मास्टर म्यानेजर’ पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा कूल ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको बेटिङ कारोबार गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले वान एक्स बेटका मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङलाई पक्राउ गरेको छ । नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पुर्‍याएको समेत खुलासा भएको छ । पक्राउ गरेसँगै उनीहरूले कारोबार गर्दै आएको बैंक खाताहरू रोक्का राखी थप अनुसन्धान कार्य भइरहेको उनले बताएका छन् ।

युवाहरूलाई कुलत र गलत क्रियाकलापबाट बचाउन अपराध अनुसन्धान कार्यालयले सुरु गरेको ‘सेभ द युथ’ अभियान अन्तर्गत यी व्यक्तिहरू पक्राउ परेका हुन् । मोबाइल वालेटमा भएको अस्वाभाविक कारोबारका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट एकैजनाले २ सयवटा सम्म सिमकार्ड बोकेको पाइएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.