कांग्रेसले गर्यो बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय
काठमाडौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताए । कांग्रेसले १० गते विश्वासको मत दिने बताए पनि मुख्यमन्त्री जम्मकट्टेलले भने अहिलेसम्म विश्वासको मत लिने मिति सारिसकेका छैनन् ।
मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, कांग्रेस सांसदहरू बुधबार प्रदेशसभामा उपस्थित नहुने देखिएपछि विश्वासको मत लिने मिति सर्ने भएको छ । मंगलबार हेटौैंडा हिँडेका कांग्रेसका सांसद कुलेखानीबाटै काठमाडौं फर्किएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...