प्रचण्डविरुद्ध नाराबाजी गर्ने तिन जनालाई प्रहरीले चलायो मुद्दा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूलाई ३ युवा विरुद्ध प्रहरीले मुद्दा चलाएको छ । ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजना गरिएको समारोहमा जाँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्ने सोम शर्मा, उद्धव बस्नेत र विप्लव खड्काविरुद्ध काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको हो ।
प्रहरीले प्रधानमन्त्री संलग्न कार्यक्रममा बाधा पुर्याउन खोजेको भन्दै तीन जना युवालाई पक्राउ गरिएको र अभद्र व्यवहारमा मुद्दा चलाइएको काठमाण्डू प्रहरीका प्रवक्ता सीताराम रिजालले बताएका छन् । प्रहरीले प्रचण्डविरुद्ध नाराबाजी गर्नेहरूको मुख थुन्दै गरेको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा मानिसहरूले शेअर गर्दै ‘बोल्न पनि नपाइने हो ? भनिरहेका छन् । यो घटनाबारे बुधवार संसद्मा पनि प्रश्न उठेको छ ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका उनीहरूलाई प्रहरीले मुख बन्द गर्दै लछारपछार पारेर प्रहरी भ्यानमा हालेको थियो । उनीहरूले ‘आतङ्ककारी प्रचण्ड मुर्दावाद’ जस्ता नारा लगाएका थिए । हाल उनीहरू प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...