सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न ५ एआईजीलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका ५ जना प्रहरी अधिकारीबीच भेटवार्ता भएको छ । प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहसहित सिंहदरबार पुगेका ५ एआईजीबीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीुसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री दाहालले भेटमा बढुवा भएका एआईजीहरुलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरे । प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहसहित सिंहदरबार पुगेका ५ एआईजीमध्येबाटै चार दिनपछि आईजीपी नियुक्ति हुँदैछ । आईजीपी बढुवाको चार दिनअघि बुधबार उनीहरुले एआईजीको दज्र्याही चिह्न लगाएका छन् ।
उनले यसपालि एआईजी बढुवा निर्विवाद भएको बताउँदै खुशी समेत व्यक्त गरेका छन् । अहिले गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन् । मन्त्रालयले १३ मंसिरमा डीआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...