प्रधानमन्त्रीलाई महामन्त्री थापाको आग्रह-‘एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस् तर नागरिकलाई नतर्साउनुस्’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले कुर्सीमा बसेको प्रधानमन्त्री डराए मात्रै जनतामा देखिएको निराशा कम गर्न सकिने बताएका छन् । सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको र एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको बताएका हुन् ।
उनले भने, ‘अहिले म साँच्चिकै डराएको छु । मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु । नागरिकलाई नतर्साउनुस् । प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ । एक्लै बिहान बेलुका एक्लै बस्दा खेरी । म आग्रह गर्न चाहन्छु कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस् । भेटघाट बन्द गर्नुस् र एक पटक सोच्नुस् । आफूसँग भएको एक एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री यति बेला डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने मात्रै नागरिक डरबाट मुक्त हुने अवस्था आउँछ । प्रधानमन्त्रीले बायाँ हेर्यो भोट दायाँ हेर्यो भोट मसँग त १७२ भोट छ भनेर ढुक्क भएर बस्नुभयो भने टाउको टाउकोले मञ्च भरिन्छ तर, भुईँमा सुन्ने मान्छे बाँकी नरहन सक्छ ।’
महामन्त्री थापाले अहिलेजस्तो मानिसहरूमा निराशा आफूले अहिलेसम्म नदेखेको बताए । प्रधानमन्त्रीले अहिले आफ्नो वरिपरि भोट मात्रै हेरेर बसे पछि आफ्नो कुरा सुन्ने बाँकी कोही नरहने उनको भनाइ रहेको छ ।
थापाले सामाजिक सञ्जालबाट हुने ‘फेक सूचना’ र गलत भाष्य निर्माणलाई रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका छन् । उनले फेक न्युजको प्रवाह रोक्न र समुदायलाई त्यस्तो गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...