अध्यक्ष सीके राउत भन्छन् : ‘बारा २ मा फिरंगी उम्मेदवारको गुन्जायस छैन’
बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष यादव चोर बाटोबाट संसद्मा प्रवेश गर्न खोजेको आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रममा आएका राउतले यादवमाथि खनिएर ‘फिरङ्गी, बाहिरिया’लगायतका आरोप लगाउँदै यसपटक पनि चुनाव हराउने दाबी गरेका हुन् ।
उनले भने, माताको यो दरवारमा स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुन्जायस छैन । यहाँ हरेक हालतमा जनमत पार्टी हौरन छाप नै वीजयी हुनेछ ।’
गत मङ्सिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा यादव राउतसँग पराजित भएका थिए । त्यसैले बारा–२ का सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर यादव सो क्षेत्रबाट संसद्मा ‘कम्ब्याक’को तयारी लागेका छन् । तर राउतले बारामा पनि यादवका विरुद्धमा पार्टीले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसैबीच उनले महागढीमाईको दर्शन गर्दै मिसन बारा २ को आरम्भसमेत गरेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...