मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । पुस १० गते अगाडिको पाँच दलीय गठबन्धन दुई महिना नपुग्गदै टुंगिएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई तिहाइभन्दा बढी मन्त्रालय रिक्त भएसँगै सरकारलाई पूर्णता दिनेगरी छलफल थालेका हुन् ।

अहिले पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलका लागि सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगिसकेका छन् । बुधबार पनि प्रचण्डले देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको थिए । तर, वुधबारको छलफल प्रारम्भिक भएकाले कुनै सहमति बन्न सकेको थिएन ।

आज पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर एकदुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.