एमाले नेतृत्वको सरकारबाट बाहिरिने माओवादीको निर्णय, मन्त्रीहरुले आजै राजीनामा दिने

स्टार संवाददाता
स्टार संवाददाता

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले नेता खगराज अधिकारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हो ।

एमाले नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा समेत दिने भएका छन् । पर्यटनमन्त्री जुग्जालीका अनुसार सरकारबाट बाहिरिने निर्णय भइसकेको छ भने अहिले नेपाली कांग्रेससँग अगाडि बाटोबारे पनि छलफल भइरहेको छ । मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन् ।

माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.