तीन मन्त्रालयसहित डा. बेदुराम भुसालको नेतृत्वमा नेकपा एस सरकारमा जाने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अनुसार ११ दलीय सत्ता गठबन्धनको पाँचौँ ठूलो घटक नेकपा एकीकृत समाजवादी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा एसको महासचिव छाडेर उपाध्यक्ष बनेका डा.भुसाल राष्ट्रियसभा सदस्य हुन् ।

अध्यक्ष माधवकुमार नेपालले डा। बेदुराम भुसाललाई सरकारको नेतृत्व गरेर पठाउन लागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत गराइसकेको बालुवाटार स्रोतले जनाएको छ । भुसाल नेकपा एसका संस्थापक महासचिव भए पनि घनश्याम भुसालका लागि सो पद छाडेका छन् । नेकपा एसका माधव नेपालसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक ९ जना सांसद नै मन्त्रीको दाबेदार छन् ।

यद्यपि पहिलो चरणमा डा.बेदुराम भुसालसहित प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी नेकपा एसको छ । नेकपा एसले गृहमन्त्रीमा दाबी गरेपनि सो मन्त्रालयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ जाने चर्चासँगै नेकपा एसले भौतिक पूर्वाधार पाउने सम्भावना छ । नेकपा एसबाट निर्वाचित सांसदमध्ये पार्टी विभाजनपछि धनबहादुर बुढाबाहेक सबै एक चरण मन्त्री बनिसकेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.