‘बारामा उपनिर्वाचन लडेर पुनः संसदमा आउन जोड दिइरहनुभएको छ’ : उपेन्द्र यादव

स्टार संवाददाता
स्टार संवाददाता

धनगढी । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउन नेताहरुले जोड गरीरहेको बताएका छन् । आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भएको र संसदमा पुनः आउन आग्रह गरिरहेको बताएका हुन् ।

उनले भने, ‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ । पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ । तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन । मैले पनि माइन्ड मेकअप गरिसकेको छैन ।’

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीचको एकताको मुख्य गाँठो कम्युनिस्ट पार्टी बनाउने वा समाजवादी भन्ने कुरामा अड्किएको जानकारी समेत दिए । जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र बीच समाजवादी मोर्चा बनाउने कुरा पनि अघि बढेको बताउदै उनले थप कुरा भविष्यमा थाहा हुने उल्लेख गरे ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.