यसअघि पाएका मन्त्रालय पाउने शर्तमा मात्रै रास्वपा सरकारमा जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि यसअघि सरकारमा जाँदा पाएका तीन मन्त्रालयहरूको दाबी गरेको छ । पार्टीले सरकारमा सहभागी हुनका लागि साबिकका मन्त्रालयहरू पाउनुपर्ने शर्त अघि बढाउदै यस्तो दाबी गरेको हो ।
यसअघि सरकारमा जाँदा रास्वपाले गृह मन्त्रालयसहित शिक्षा, स्वास्थ्य, श्रम र स्वास्थ्य राज्यमन्त्री पाएको र फेरि पनि तीनै मन्त्रालय पाउने शर्तमा मात्रै पार्टी सरकारमा जाने ढोका खुल्न सक्ने प्रवक्ता डा. मुकुल ढकालले बताएका छन् । तर, माओवादीले गृहमन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गरेका छन् । अहिले सरकारमा भौतिक योजनामन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमा सार्ने उनको योजना छ । प्रवक्ता ढकालले यस विषयमा आफूहरूलाई कुनै आधिकारिक जानकारी नरहेको बताए । रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र राष्ट्रपतिमा सत्ता गठबन्धनका उमेदवारलाई सहयोग गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो भने कांग्रेसको पदाधिकारी बैठकले पनि सोमबारसम्म विस्तार हुने भएकाले सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने बताएको थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...