अमेरिकाको पेन्सिल्भेनिया राज्यको चकलेट कारखानामा भीषण विष्फोट, तीन जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अमेरिकाको पेन्सिल्भेनिया राज्यको चकलेट कारखानामा भीषण विष्फोट भएको छ । शुक्रबार साँझ अमेरिकाको पेन्सिल्भेनिया राज्यको चकलेट कारखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु र चारजना बेपत्ता भएको हो ।

राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा गत शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य ६ जना घाइतेलाई अस्पताल पुर्‍याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्मीले एक जनालाई जीवितै भग्नावशेषबाट उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

कम्पनीले शनिबार राति एक विज्ञप्ति निकालेर घटनाबाट सबै कर्मचारी स्तब्ध भएका तथा पीडित कर्मचारीका परिवारको सहयोगमा उनीहरू केन्द्रित रहेका जनाउँदै तत्काल उद्धार र खोजमा असाधारण सक्रियता देखाएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.