‘विप्रेषणले अर्थतन्त्र जोगाएको मात्र छैन, श्रीलंका र पाकिस्तानतिर जान पनि रोकिरहेको छ’ : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नेपालको अहिलेको अर्थतन्त्रको मेरुदण्ड भनेको विप्रेषण रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रेमिटेन्सले अर्थतन्त्रलाई जोगाउनुको साथै श्रीलंका र पाकिस्तानको जस्तो संकट तर्फ जान पनि रोकेको बताएका हुन् ।
उनले भने, ‘हामी सवैलाई थाहा छ अहिले हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेको विप्रेषण अर्थात रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा भएको छ । यसले हाम्रो अर्थतन्त्रलाई जोगाएको मात्र छैन हामीलाई श्रीलंका र पाकिस्तानको जस्तो संकट तर्फ जान पनि रोकेको छ । देशको अर्थतन्त्रलाई चीरकाल सम्म विप्रेषणको माध्यमवाट चलाउन र जोगाउन सम्भव छैन भन्ने शिक्षा लिएर वैकल्पिक आय र राजश्वका क्षेत्रहरुलाई खोज्नु श्रेयश्कर हुनेछ । संसार जुन ढंगले तनाव, गुटबन्दी र सामरिक द्वन्दको चपेटामा पर्दैछ त्यसले हाम्रो विप्रेषणको प्रवाहलाई ढिलोचाँडो असर निश्चित गर्नेछ ।’
उनले उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् । संघीयताप्रति वितृष्णा चुलिँदो रहेको भन्दै नेता कोइरालाले यो राजनीतिक असफलताको पहिलो खुट्किलो भएको बताए । उनले अब ढिलो नगरी नागरिकको चाहना अनुसार संसद, सरकार र प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।
चालु आर्थिक वर्षको चैत ११ गतेसम्म सरकारको खर्च र आम्दानीमा झण्डै २ सय अर्बको खाडल देखिएको भन्दै कोइरालाले पुँजीगत खर्च मात्र नभई चालु खर्चकै लागि ऋण लिनुपर्ने बाध्यता रहेको सुनाए । अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न जरुरी रहेको पनि कोइरालाले बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...