यादवप्रति लक्षित गर्दै राउतले भने : ‘मन्त्रीबिना ३\४ महिना बाँच्नै नसक्नेलाई ल्याउन उपचुनाव तोकियो’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राउतले निश्चित व्यक्तिलाई लक्षित गरेर बारा २ मा तत्काल निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन आयोगमाथि प्रश्न उठाएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा चलेका बेला गठबन्धनमा रहेका नेता राउतले त्यसप्रति संसद्‍मा नै आपत्ति जनाएका हुन् । यादवप्रति लक्षित गर्दै राउतले भने, ‘बारा २ मा सांसद पद रिक्त भएको सूचना संसद सचिवालयमा आएको छैन । उता निर्वाचन आयोगले तुरुन्तै वैशाख १० लागि निर्वाचन घोषणा गरिसक्यो । यति रफ्तारमा अरु काम पनि भइदिए त राम्रो हुने थियो । कसैलाई मन्त्रीबिना ३ ४ महिना बाँच्नै नसक्ने अवस्था सिर्जना भयो भन्दैमा निर्वाचन आयोगले १० २० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन । यसले निर्वाचन आयोगको विश्वसनियतामाथि प्रश्न उठाएको छ ।’

उनले निर्वाचन आयोगलाई सरकारको तर्फबाट कुनै दबाब नराख्न समेत आग्रह गरेका छन् । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा आगामी वैशाख १० मा उपनिर्वाचन गर्ने आयोगले घोषणा गरेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.