‘मन्त्री बन्दिनँ भन्ने पुरानै वचनमा कायम छु तर पार्टीले पठाए जानुपर्छ’ : उपसभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट आफ्नो नेतृत्वमा सरकारमा जाने भनेर कुनै निर्णय नभएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म कुनै निर्णय नभएको बताएका हुन् ।
उनले भने, अहिलेसम्म कुनै निर्णय भएको छैन । सञ्चारमाध्यमले लेख्ने र बोल्ने कुरा त्यो तपाईंहरुको कुरा अधिकारको कुरा भयो । सबै छलफल भइरहेको छ । कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म कुनै निर्णय भएको छैन ।’ उनले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको बिषयलाई कुनै विवाद नरहेको समेत बताएका छन् ।
कांग्रेसका उपसभापति खड्काले आफू मन्त्री नबन्ने भन्ने पूरानै वचनमा कायम रहेको बताएका छन् । उनले आफू मन्त्री बन्दिनँ भन्ने ७ वर्ष पुरानो वचनमा अडिग रहेको बताएका हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण
काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ । पार्टी...