प्रहरीमा ४ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा सन्दीप भण्डारी
काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी नायब महानिरीक्षक डिआईजी लाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी मा बढुवा गर्ने गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको सोमबार बसेको बैठकले नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसको १ नम्बरमा सन्दीप भण्डारीको नाम रहेको छ । दोस्रोमा सुदीप गिरी , तेस्रोमा मीरा चौधरी र चौथोमा टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ । उनीहरू सबै वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन् ।
सरकारले चैत १० गते कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो । नेपाल प्रहरीका ८ एआईजी दरबन्दीमध्ये तीनजनाले चैत १० गते मध्यरातबाट अवकाश पाएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...