कांग्रेस नेताहरुद्धारा दिवंगत रुङ्गटाको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली
वीरगन्ज । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रुङ्गटाको पिता समाजसेवी ओम प्राकश रुङटाको १३औं पुण्य तिथिको अवसरमा सोमबार श्रद्धाञ्जली सभा सम्पन भएको छ । सो श्रद्धाञ्जली समारोहमा नेताहरुले दिवंगत रुङ्गटाको स्मृतिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागिहरले दिवंगत रुङ्गटाको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तव्य परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामना गरेका थिए ।
उक्त कार्यक्रममा कांग्रेसका उपसभापति पुर्ण बहादुर खडकाको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष आतिथ्यतामा ज्ञानेन्द्र कार्की, उमेश श्रेष्ठ र इन्द्र बहादुर बानियाँ लगायतको सहभागिता रहेको थियो । रुङ्गटाको निधनका कारण कांग्रेसले अभिभावक गुमाउनुका साथै देशले एक कुसल सामाजिक व्यक्तित्व गुमाएको उपस्थित नेताहरुले बताएका थिए । जिल्लामा पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिकाका साथै सङ्गठन विस्तार सहित सामाजिक क्षेत्रमा पुर्याएको अमूल्य योगदानको पार्टीले संधैभीर स्मरण गर्ने नेताहरुको भनाई थियो । सो क्रममा दिवंगत रुङ्गटाको तस्बिरमा माल्यार्पण गर्दै उपस्थित व्यक्तित्वहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी ओम प्रकाश रुङ्गटाको उपचारको क्रममा चैत्र १ गते निधन भएको थियो । संविधानसभा सदस्य अनिल रुङ्गटा, सुनिल रुङ्गटा र अनुज रुङ्गटाका पिता हुन् । विभिन्न संस्थामा संलग्न रहेका रुङ्गटा राजनीतिक सँगै सामाजिक कार्यमा समेत क्रियाशील मानिन्थे ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...