अर्थमन्त्रीमा नेपाली कांग्रेसका डा. महत आउने निश्चितप्राय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने तयारी गरेका छन् । सरकार गठनको तिव्र तयारीमा रहेको सत्ता गठबन्धनमा अर्थ मन्त्रालय कांग्रेसले पाउने भएसँगै अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आउने लगभग निश्चितप्राय भएको हो ।

गृह मन्त्रालय माओवादी केन्द्रले लिने भएसँगै संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आउने लगभग पक्का भएको नेताहरू बताउँछन् । कांग्रेसले अर्थमन्त्रीका लागि प्रकाशशरण महतलाई पठाउने निर्णय गरेको नेताहरूले पुष्टिनै गरेका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी लिने गरी पार्टीबाट सरकारको नेतृत्व गर्ने गरी उपसभापति पूर्णबहादुर खड्का उक्त पदका आकांक्षी थिए ।

तर पार्टी सभापति देउवा महतको पक्षमा अडिग देखिएपछि खड्का अर्थमन्त्री हुनबाट वञ्चित हुने भएका हुन् । तसर्थ, खड्काको उपप्रधान एवम् रक्षामन्त्री बन्ने सम्भावना प्रवल छ । यसअघि खड्काले आफू सरकारमा सहभागी नहुने अडान लिएका थिए । तर, सभापति देउवाले धेरै नै जोड गरेपछि उनी त्यसको लागि तयार भएका हुन् ।

सभापति देउवाले प्रवक्ता महतलाई जुनसुकै हालतमा पनि अघि सार्न खोजेपछि अरू नेताको सुझाव पार्टीमा सुनुवाइ भएन । अर्थमन्त्री महतलाई बनाउने देउवाको अडानबाट उपसभापति खड्का असन्तुष्ट रहेको कांग्रेस स्रोतको दाबी छ । पार्टीभित्र अधिकांश नेताले अहिलेको सरकार सफलता र असफलताको मापन अर्थमन्त्री हुने भएकाले सक्षम व्यक्ति अघि सार्न सुझाव दिएका थिए ।

डा. महत यसअघि पनि मन्त्री भएका थिए । समानुपातिक सूचीबाट संसद भवन छिरेका महत प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा निकट हुन् । नेपालको आर्थिक विकासको जग हालेका डा. रामशरण महतका भाइ प्रकाश ऊर्जामन्त्री समेत भएका थिए । यसअघि चुनाव हारेका कारण उनी सरकारमा जान पाएका थिएनन् । उनी काठमाडौं ५ मा एमालेका इश्वर पोखरेलसँग चुनाव हारेका थिए ।

त्यही भएर यसपाली उनी समानुपातिक सूचीमा बसेका थिए । कांग्रेसको गत महाधिवेशनमा उनी महामन्त्रीका प्रत्यासी थिए । अर्थशास्त्र पढेका डा. महतलाई अर्थमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड पनि सहमत भएका छन् । अर्थतन्त्रबारे राम्रो ज्ञान राखेका महत अर्थमन्त्री भएसँगै मुलुकको आर्थिक अवस्था र सेयरबजारमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.