‘प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान विपरीत छ’ : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मर्यादाक्रममा प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान विपरीत भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै संविधानको धारा २८४ ले प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको स्मरण गराउँदै यस्तो बताएका हुन् ।
उनले लेखेका छन् , ‘मर्यादाक्रममा प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान विपरीत छ । संविधानको धारा २८४ ले प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको छ । अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम यही अनुरूप छ । संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समिति अन्तर्गत राख्ने प्रस्ताव राखेको थियो । तर नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरूप भयो ।’
अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम संविधानको धारा २८४ अनुसार हुने गरेको नेता कोइरालाको भनाइ थियो । माओवादीले न्यायालयलाई संसदीय समिति अन्तर्गत राख्ने प्रस्तावलाई कांग्रेसले अस्वीकार गरी शक्ति पृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको बताएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...