उपप्रधानमन्त्री श्रेष्ठलाई धर्ना बसेका मिटर व्याज पीडितको प्रश्न : ‘सरकारले अड्डा अदालत किन बनाएको ?’
काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ मिटर ब्याज पीडितहरुलाई भेट्न माइतीघर पुगेका छन् । न्यायको माग गर्दै माइतीघरमा धर्ना बसेका मिटर व्याज पीडितलाई भेट्न उपप्रधानमन्त्री श्रेष्ठ माइतीघर पुगेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले पीडितहरुको साथमा रहेको बताउँदै सुरक्षाको ग्यारेन्टी आफूले दिने बताएका छन् । पीडितहरूको कुरा सुन्ने क्रममा एक सानी बालिकासँग मन्त्री श्रेष्ठको केही बेर रोचक सवाल जवाफ भएको थियो । त्यस क्रममा मिटर व्याज पीडित परिवारकी आमासँग काठमाडौं आएकी बालिकाको सवालमा जबाफ दिदै श्रेष्ठले सुरक्षाको ग्यारेन्टी आफूले दिने बताएका हुन् । बालिकाले खरो भएर ‘हामीलाई सुरक्षा त दिनुपर्यो नि, मलाई पनि धाक धम्कीहरू दिन्छ । तर, पनि केही कारबाही गर्दैनन्’ भन्ने कुरा राखेकी थिइन् ।
मन्त्रीका अगाडि आमा सुँक्कसुँक्क गर्दै रोइरहँदा बालिकाले भने खरो भएर आफ्नो कुरा राखिन् । उनले अड्डा अदालतबाट आफूहरूले न्याय नपाएको बताइन् । उनले सरकारले अड्डा अदालत किन बनाएको ? जस्ता प्रश्न उपप्रधानमन्त्री श्रेष्ठसँग गरेकी थिइन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...