‘सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई समस्या पर्यो’ : मेयर बालेन्द्र शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी सरकार चाँडै गठन गर्न र टिकाउन सुझाव दिएका छन् । काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा शाहले केन्द्र सरकार टिकाउ नहुँदा स्थानीय तहहरूलाई समस्या परिरहेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ । म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो । यसका लागि मैले हिजो पनि प्रधानमन्त्री, मन्त्रीज्यूहरूसँग अनुरोध गरेको थिएँ । आज पनि गर्छु । आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’
स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरू धेरै हुने अनुभव आफुसँग भएको बालेनको भनाई थियो । काठमाडौं महानगरले बाग्मती सभ्यता जोगाउन खोजिरहेको भन्दै यसमा केन्द्र सरकारको सहयोगका लागि आशा राखेको समेत उनले बताएका छन् । उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउन सक्नुपर्ने समेत बताएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...