प्रकाश ज्वालालाई मन्त्रीमा पठाउने नेकपा एसको निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको केन्द्रीय सचिवालयबैठकले प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताएका छन् । नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

आज बिहान बालुवाटारमा गठबन्धनको बैठकपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच एक्ला एक्लै छलफल भएको थियो । त्यस क्रममा नेपालले ३ मन्त्रालयमा अडान कायम राखेपछि प्रधानमन्त्रीले आज बेलुकासम्म एकजनाको भने पनि नाम दिन आग्रह गरेको स्रोतले जनाएको थियो । प्रधानमन्त्रीले नेकपा एसलाई ३ मन्त्री दिन सकारात्मक भए पनि सबैलाई बाँड्दा २ मन्त्रालयभन्दा माथि जान नसकिने बताएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.