पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ सय ३० वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज संक्रमणमुक्त हुनेको संख्या शून्य छ । योसँगै सक्रिय संक्रमितको संख्या १०३ पुगेको हो । नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण बढेको छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा समेत कोरोना संक्रमण बढिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार एकैदिन १ हजार ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा गत वर्षको अक्टोबर २८ पछि एकैदिन धेरैजनामा कोरोना पुष्टि भएको हो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...