हिन्दु, बौद्ध र किराँत संख्यामा कम तथ्यांक आएको भन्दै सत्य तथ्य सार्वजनिक गर्न कमल थापाको माग

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय जनगणना २०७८ को हिन्दु, बौद्ध र किराँत धर्मावलम्वीहरुको संख्या निकै कम देखिने तथ्यांक आएको भन्दै सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन् । उनले धर्म परिवर्तनको डढेलोमा सनातन धर्म, संस्कृति र परम्परा कमजोर हुँदै गएको भन्दै सत्य तथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने, ‘पछिल्लो जनगणनामा हिन्दु, बौद्ध र किराँत धर्मावलम्वीहरुको संख्या निकै घटेको हल्ला छ, सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु । धर्म परिवर्तनको डढेलोमा सनातन धर्म हिन्दु, बौद्ध र किराँत संस्कृति र परम्परा कमजोर हुँदै गएको तथा लोभलालच, प्रलोभन, भ्रम र त्राश सिर्जना गरी योजनावद्ध र संगठितरुपमा धर्म परिवर्तन गराउने काम भैरहेको वारे राप्रपा नेपालले बारम्बार आवाज उठाउँदै आएको सर्वविदितै छ । धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन गर्न गराउन पश्चीमा मुलुकहरूले करोडौं डलर लगानी गरिरहेका छन् । केही प्रमुख दलहरुले धर्मपरिवर्तनलाई संरक्षण प्रदान गरिरहेका छन् ।’

भ्रम र त्राश सिर्जना गरी योजनावद्ध र संगठितरुपमा धर्म परिवर्तन गराउने काम भैरहेको वारे राप्रपाले आवाज उठाउँदै आएको उनको भनाई थियो । उनले धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन गर्न करोडौं डलर लगानी गरिरहेको र दलले समेत त्यस्ता व्यक्तिलाई संरक्षण गरेको आरोप समेत लगाएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.