मिटरब्याजी पीडितहरुलाई भेट गरी मुद्दाहरुको सम्बोधन गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाश शर्माको आग्रह

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरुको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताएका हुन् । उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अबिलम्ब भेट गर्न आग्रह समेत गरेका छन् ।

मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने उनको भनाई रहेको छ । महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको बताएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.