कांग्रेसले टुंग्यायो उपनिर्वाचनका लागि उम्मेदवार, तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई बनाउने निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ र चितवनमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो ।

कांग्रेसले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तनहुँ १ मा कांग्रेस सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउने बचन यसअघि नै दिएका थिए । कांग्रेसको कार्यसम्पादन बैठकमा तनहुँ–१ मा भट्टराईलाई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति जुटेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिएका छन् ।

बारा २ मा भने कांग्रेसले उम्मेदवार तय गरेको छैन । सो क्षेत्रमा जसपालाई सघाउने कांग्रेसको तयारी छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यस्तै रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.