गठबन्धनविरुद्ध उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने गरी एमालेले शनिवार उम्मेदवार टुंगो लगाउने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनका लागि शनिवार उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ । बारा २ ,चितवन २ र तनहुँ १ तीनवटै क्षेत्रमा वैशाख १० मा हुने एमालेले आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने गरी शनिवार उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो ।

चैत १७ गते शुक्रवारसम्म जिल्लाबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस हुने र १८ गते सचिवालय बैठक बसेर तीनवटै क्षेत्रका उम्मेदवार तय गरिने एमालेले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू यसबीचमा मिसन ग्रासरुट अभियानमा काठमाडौं बाहिर थिए । उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । एमालेविरुद्ध गठबन्धनले साझा उम्मेदवार तय गरेको छ ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यस्तै रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.