‘तनहुँ–१ मा विगतमा झैँ यसपटक पनि कांग्रेसको जित सुनिश्चित छ’ : गोविन्द भट्टराई

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आफू उम्मेदवार हुने निर्णयले मतदाता उत्साहित भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनायौं, हरिबहादुर चुमानलाई पनि जिताएर दोस्रो पटक मन्त्री बनायौं, यसपटक तपाईंको पालो हो, न्याय गर्छौं भनेर तनहुँ–१ बासीले भनिरहनुभएको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको उनले दाबी गरेका छन् ।

उनले विगतमा झैँ यसपटक पनि काँग्रेस नै विजयी हुने बताएका हुन् । गठबन्धनले आफूलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताउँदै उनले भने, ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसै पनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो । अहिले पनि हामी गठबन्धनमा छौँ, विगतमा प्राप्त मतभन्दा बढी मत थप्न अहिले जति प्रतिस्पर्धी साथीहरू हुनुहुन्थ्यो टिकट लिनका लागि उहाँहरू र पार्टीको पूरा स्ट्रक्चर र गठबन्धनका संरचनाहरू एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ ।’

नेता भट्टराईले आफूले जित्ने आधार धेरै रहेको बताउँदै सबैभन्दा ठुलो आधार भनेको आफूले गरेका कामहरू नै भएको बताएका हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.