करोडौँको जग्गा किर्ते आरोपमा जसपाका जिल्ला अध्यक्ष पक्राउ
बारा । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका अजय पाटेललाई करोडौँको जग्गा किर्ते आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौको टोलीले ४५ बर्षिय अजय पाटेलललाइ ६० करोड भन्दा बढी रकम को जग्गामा किर्ते कागज बनाइ मालपोतको कर्मचारिको मिलेमतोमा आफुलाइ हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा नियन्त्रणमा लिएको हो ।
पटेललाई बारा जिल्लाबाट फिल्मी सैलीमा सिआइबिको टोलिले पक्राउ गरेको छ । पटेललाइ बारा जिल्ला परवानिपुर गाउँ बिकास समिती बहुअरी वडा नम्बर ६ कित्ता नम्बर ४१ को ६ बिगाह वडा नम्वर ८ को कित्ता नम्बर १३४७ को ३ बिगाह र कित्ता नम्बर १४८०,१०७८ र १४७९ गरि १८ कठ्ठा र वडा नम्बरको ५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरि १० बिगाह १५ कठ्ठा क्षेत्रफल रहेको जग्गाको नक्कली कागज बनाइ हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा फिल्मी सैलीमा प्रहरीले पक्राउ गरेको हो ।
पटेलले भुमिसुधार कार्यालयमा आफुलाइ मोहि कायम गर्न भनी पेश गरेको कागजात किर्ते भएको नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाले पुष्टि समेत गरि सकेको छ । पक्राउ परेक पटेल माथी सम्बन्धित कार्यालयबाट आवश्यक कारवाहिको लागि अनुसन्धान भैरहेको जिल्ला कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् । यसै गरि प्रतिबादी अजय पटेलले आफुलाइ मोहि कायम गराउनु भुमिसुधारमा बुझाइएको कागजात शकासपद देखिएको ले कारवाही अघि नबढाइएको भुमिसुधार कार्यालयका नायब सुब्बा राम कुनित महतोले बताएका छन् ।
अजय पटेल पक्राउ परे पछि प्रहरीलाई अनुसन्धानमा सहयोग गर्दै आएको मालपोत कार्यालय बाराका सुचना अधिकारी सागर कुमार साहले बताए । काठमाडौ बिशालनगर निवासि बिजय मणि दीक्षितको नाम रहेको १० बिगाह १५ कठ्ठाक्षेत्रफल रहेको जग्गामा जनता समाजबादी पार्टिको झण्डानै गाडि कब्जामा लिएर पोखरी खनि माछा पालन ब्यवसाय चलाउदै बार्षिक लाखौ कमाउदै आइ रहेको थियो ।
जग्गा धनी दीक्षितका छोरा अरुण मणि दीक्षित ले आफ्नो उक्त जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन बाराको वडा ६ कार्यालय पुग्दा र जग्गा खरिद गर्न भनी हेर्न जादा पटेल सहित आएको समुहले भौतिक रुपमा आक्रमण गरि घाइते बनाएका थिए भने पटक पटक ज्यान मार्ने धम्की दिदै आफ्नो जग्गामा पाइला सम्म टेक्न नदिएको बताएका छन् । हाल पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भैइरहेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...