नेकपा एसले टुंग्यायो मन्त्रीको नाम, ३ बजे शपथ गराउने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको भागबन्डा टुंग्याइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउने समय सिमा निर्धाण गरी आजै दिउँसो ३ बजे मन्त्रीको शपथ गराउने गरी गृहकार्य थालिएको हुन् ।
सरकारमा सहभागी हुने ९ दलमा कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भइसकेको छ । २ मन्त्रालय पाएको नेकपा एसबाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको पार्टीनिकट स्रोतले बताएको छ । यसअघि भौतिकमा रहेका नारायणकाजी श्रेष्ठलाई गृह पठाउने तयारी छ ।
मिल्न बाँकी मन्त्रालयहरुको सन्दर्भमा आफैं मिलाउने भनी प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुसँग सामूहिक र एक्लाएक्लै संवादमा छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण
काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ । पार्टी...