प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्ने युवालाई दुर्गा प्रसाईले गरे सम्मान, भन्छन् -‘बोलेकै कारण युवाहरुको मुख थुन्ने काम भयो’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले बोलेकै भरमा हिरासतमा राख्ने प्रहरी र उनीहरूसँग धरौटी माग्ने अदालत दुवैको निर्णय गलत भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन युवालाईसाई सम्मान पत्रकार सम्मेलनमा प्रसाईले बोलेकै कारण युवाहरुको मुख थुन्ने काम भएको भन्दै आपत्ती जनाएका हुन् ।

उनले भने, ‘उहाँहरू हाम्रो अभियानसँग जोडिनुभएका व्यक्ति होइन । तर, हामीसँग मिल्ने एजेन्डाहरू उठाउनुभएको हुँदा उहाँहरूलाई सम्मान गर्न चाहेका हौं । प्रधानमन्त्री प्रचण्डले पाँच हजार मान्छे मारेको हुँ भन्दा केही भएको छैन । तर, बोलेकै कारण यी युवाहरुको मुख थुन्ने काम भयो । यसको भर्त्सना गर्छु ।’

प्रसाईले मिटरव्याज र बैंकबाट पीडितहरूको पक्षमा आवाज उठाउँदा प्रहरीले दमन गरेको आरोप लगाए । उनले ती युवाले धरौटी राख्दा लागेको सबै खर्च र अन्य आर्थिक क्षति आफ्नो अभियानले व्यहोर्ने पनि प्रतिबद्धता समेत जनाएका छन् । प्रसाईबाट सम्मानित भएकाहरूमा सोम शर्मा, विप्लव खड्का र उद्धव बस्नेत रहेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.