कांग्रेसमा मन्त्री छान्न सकस, देउवाले दिए चार मन्त्रीको नाम

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएसँगै देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका छन् । मन्त्रीको अन्तिम टुंगो लगाउन सभापति देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको बैठकले पार्टीभित्र भागवण्डा नमिलेपछि चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।

स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् । रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको छ । कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिएको छ ।

कांग्रेसभित्र मन्त्री बनाउने विषय पेचिलो बनेको छ । संस्थापनइतर समूहले सम्मानजनक सहभागिताको माग गरेको छ । आफ्नो समूहले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएका थिए ।
शेखर समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.