नवनियुक्त अर्थमन्त्रीले गरे पदभार ग्रहण, भन्छन्-‘समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं’
काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतले पदभार ग्रहण गरेका छन् । शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले मस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे । ‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ । समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’
मन्त्री महत अर्थमन्त्री नियुक्त भएका हुन् । पदभार ग्रहणअघि मन्त्री महतलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका छन् । अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटी कार्बनडेलबाट अर्थशास्त्रमा पीएचडी गरेका महतले अध्ययनअनुसारको मन्त्रालय पाएका छन् । उनको अर्थशास्त्रको परीक्षण अब उनको कार्यकालले गर्नेछ । प्रायःजसो अर्थ मन्त्रालयले विषय विज्ञ पाउँदैन । तर, अर्थले यो पटक विषय विज्ञ अर्थमन्त्री पाएको छ ।
देशमा उदारवादी अर्थतन्त्रको अवधारणा भित्र्याएका उनका दाइ डा. रामशरण महत त्यतिबेलाका सफल अर्थमन्त्री मानिन्छन् । बेलायती पत्रिका द बैंकरले विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रुपमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई ठहर्याएको थियो ।नवनियुक्त अर्थ मन्त्री, नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य पनि हुन् ।
कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघबाट राजनीतिमा लागेका महतले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका थिए ।
यस्तै २०५५/५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत २०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य रही आएका छन् । नेपालमा माओवादी बिद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी सम्हालेका डा. महतलाई प्रधानमन्त्रीले २०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरेका थिए ।
२०५८ चैत्रदेखि २०५९ असोजसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त भएका उनीसँग २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...