उम्मेदवारीमा कानूनी उल्झन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा रविले भने – ‘मैले कानूनी उल्झन केही देखेको छैन’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको बताएका छन् । चितवन २ मा उपचुनाव लड्न आफ्नो मनोनयन दर्ता गरेर फर्किने बेला पत्रकारहरुसँगै कुरा गर्दै फेरि पनि न्यायको कठघरामा उभिनुपर्छ भने त्यसका लागि जीवनभर तयार रहेको तर अनाहकमा दुस्ख दिन खोजिएकोप्रति खेद व्यक्त गरेका हुन् ।

पत्रकारले तपाईँको उम्मेदवारीमा कुनै कानूनी उल्झन हुन्छ कि हुँदैन भनेर सोधेका प्रश्नमा रविले भने, ‘कुन किसिमको सजाय भोग्नुपर्छ भनेर जीवनभर तयार भएर बसेको मान्छे हुँ । मलाई न्यायालयमा , न्यायमूर्तिहरु र न्यायिक प्रक्रियामा विश्वास छ । मैले कानूनी उल्झन केही देखेको छैन । के छ र यसमा बाँकी रु तर, यो देशमा मैले तपाईँलाई चाहेँ भने पाँच दिन स्टडी गरेर सय वटा मुद्दा ठोक्दिन सक्छु । मलाई दुखै दिने, खत्तमै पार्ने भनेर भएभरका सारा शक्ति लागेर सक्नै पर्ने पात्र म हो कि होइन थाहा छैन । के त्यस्तो अपराध गरेको छु थाहा छैन । न मेरो कुनै पावर पहुँच छ, न म मुद्दा प्रभावित पार्न सक्छु । मसित केही छ ती जनता हुन् । सबैभन्दा शक्तिशाली भनेको सार्वभौम जनता हुन् ।’

नेपाली नागरिकता त्यागेर अमेरिकाको पीआर लिएको र नेपाल फर्किपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दौ सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालयबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर खारेज भइसकेको पुरानो नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध अर्को मुद्दा परेको छ । उम्मेदवारी दर्तापछि पत्रकारहरुले उनलाई सोही मुद्दाबारे जिज्ञासा राखेपछि रविले अपराध कत्रो हो भन्ने कुरामा विवेक प्रयोग गर्नुपर्ने बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.