‘मैले केही लुकाएको र छिपाएको छैन तर मलाई तर्साउन मुद्दामाथि मुद्दा हालियो’ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बारेमा केही लुकाइ छिपाइ नगरेको बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममा बोल्दै उनले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको दाबी गरेका हुन् ।
उनले भने, ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ । मलाई यो मुद्दाहरूसँग केही लिनु छैन । मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु । मैले केही लुकाएको र छिपाएको छैन । यसले अपराध गर्यो । यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस् ।’
आफ्नो कारणबाट अहिलेसम्म एक जना मान्छे पनि पीडित नभएको उनको भनाई थियो । आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालिएको बताएका छन् । आफ्नो हालीमुहालीको लागि नभई असल मान्छेहरूका लागि पार्टी बनाइरहेको उनले बताएका हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...