क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक, प्रतिबन्ध कायमै राख्नु अध्ययनको निष्कर्ष
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको ‘क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण’ ले हाल नेपालमा उक्त कारोबारमा लगाइएको प्रतिबन्ध वाञ्छित रहेको देखाएको हो ।
अध्ययनले क्रिप्टोकरेन्सी कारोबारबाट देशलाई मात्र नभई यसमा संलग्न व्यक्ति लगानीकर्तालाई समेत विभिन्न जोखिम रहने देखाएको छ । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ को व्यवस्थाअनुसार राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै आएको छ । विश्वमा हाल करिब २३ हजार वटा क्रिप्टोकरेन्सी प्रचलनमा रहेको र क्रिप्टोकरेन्सीको कूल बजारमध्ये ‘बिटक्वाइन’को मात्र ४२ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यस्तै विश्वमा करिब चार सय ५० वटा क्रिप्टोकरेन्सी एक्सचेञ्ज रहेको पनि उल्लेख छ । क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले पटक–पटक सार्वजनिक सूचना जारी गर्दै आएको छ । यस्तो कारोबारबाट वित्तीय ग्राहक संरक्षणसम्बन्धी जोखिम, लगानीको असुरक्षा हुनेसम्बन्धी जोखिम, ठगी तथा कर छलीसम्बन्धी जोखिम, अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँगको सहकार्यविरुद्ध हुनेसम्बन्धी जोखिम, वित्तीय मध्यस्थता नहुनेसम्बन्धी जोखिम आदि रहने हुँदा नेपाल राष्ट्र बैंकले लगाएको प्रतिबन्ध कायमै राख्नु ठीक रहेको अध्ययनको निष्कर्ष छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...