कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने मिटरब्याज पीडितको घोषणा
काठमाडौं । मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । पीडितहरुले आज मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।
सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउपुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइ गर्नु पर्नेलगायतका माग राखेका छन् । सर्लाहीबाट हिजो सोमबार काठमाडौं आएका पीडित चन्द कुशवाहाले सरकारले पीडितको पक्षमा गरेका कुनैपनि सम्झौता कार्यान्वयनमा चासो नदेखाएको बताए । सरकारले २०७८ साल असोज १ गते पीडितहरुसँग गरेको कुनैपनि सहमति कार्यान्वयनमा चासो नदेखाएको पीडितहरुको आरोप छ ।
उक्त समयमा सरकारले गठन गरेको कार्यदलले पीडितको बस्तीमा पुगे अतिनै राम्रो प्रतिवेदन बनाएर सरकारलाई पेश गरेपनि कानुन अभावका कारण कार्यान्वयन नभएको उनको दाबी छ । पीडितलाई न्याय दिनका लागि तत्काल भएका कानुन संशोधन र आवश्यक कानुन बनाउनुको विकल्प नभएको उनको भनाई छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...