वीरगञ्जमा रात्रि बजार लगाउने तयारी, व्यापार व्यवसायलाई पुन चलायमान बनाउने उद्देश्य
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वीरगञ्जमा पहिलो पटक रात्रि बजार लगाउने तयारी गरेको छ । कोरोना महामारी यता थलिएको वीरगन्ज व्यापार व्यवसायलाई पुन चलायमान बनाउने उद्देश्यले वीरगन्जमा परीक्षणकारुपमा पहिलो पटक तीन दिनका लागि रात्रि बजार लगाउने तयारी थालेको हो ।
यही चैत ३० गते बेलुका देखि वैशाख २ गते मध्य रातिसम्म वीरगन्जको आदर्श नगर चोकदेखि पुरानो बसपार्कसम्मको क्षेत्रमा रात्रि बजार लगाइने महानगरका मेयरका स्वकीय सचिव सत्य राज घिमिरेले जानकारी दिए । आर्थिक नगरी भनेर वीरगन्जलाई चिनिने गरेको भए पनि कोरोना महामारी यता यहाँको व्यापार व्यवसायले पुरानै लय समात्न नसकेको अवस्थामा साँझ नपर्दै बन्द हुने गरेको छ । प्रहरीले पनि बेलुकी ९ नबज्दै होटेल, रेस्टुरेन्ट लगायत पनि बन्द गराउँदै आएको छ । त्यसैले पनि दीर्घकालीनरुपमै रात्रि बजार सञ्चालन गर्न हाललाई तीन दिनका लागि रात्रि बजार लगाउन थालिएको हो ।
महानगरको आयोजनामा वीरगन्जमै पहिलो पटक हुन लागेको रात्रि बजारमा विभिन्न सहरका विशेष खानाका परिकारका स्टल, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायत पाइने र पहिलो पटक तन्दुरी चायको सुरुआत समेत गरिने बताइएको छ । महानगरले रात्रि बजार सञ्चालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ । ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन।वाई।ई।एफ, वीरगन्ज साइकलिंग क्लब, ओमेन्स क्रिएसन र फोर।जी।आर जस्ता संस्थाहरूसँगको सहकार्यमा रात्रि बजार तयारीको काम अघि बढाइएको बताइएको छ ।
रात्रि बजारमा लगाइने स्टलहरू बुकिङको काम अहिले धमाधम भइरहेको छ । वीरगन्जको आदर्श नगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...