‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको अन्तरिम आदेश

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र प्रसाद २ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आदेश दिएको हो ।

प्रसाद २ को प्रदर्शन रोकी पाउँ भनेर पाण्डेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निर्माता पाण्डेले ९० प्रतिशत स्वामित्व रहेको फिल्म आफ्नो अनुमति बिना नै प्रदर्शन गर्न लागेको भन्दै अदालतमा निवेदन दिएको थियो । आफूसँग रकम लिएर चलचित्रका निर्माताले ठगी गरेको उनको आरोप छ । यस विषयमा अदालतले २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको उच्च अदालतकी प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले बताइन् ।

आजै चलचित्र विकास बोर्डले सर्वपक्षीय बैठक बोलाएर चलचित्रको सेन्सर अनुमति दिने निर्णय गरेको थियो । यसअघि पाण्डेले सुवासले दिएको ६२ लाख ५० हजारको चेक बाउन्स र ठगीको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएका थिए । सोमबार चलचित्र विकास बोर्डमा भएको छलफलमा फिल्म रोक्न नहुने निर्णय हुँदा निर्माता पाण्डे उक्त कुरामा असहमत थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.