बालेन र हर्क साम्पाङबीच पहिलो भेटर्वाता, के-के भयो कुराकानी ?
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन्द्र साहबीच भेटर्वाता भएको छ । स्थानीय निर्वाचनको दुई चर्चित उम्मेदवारहरुबीच मंगलबार भेटवार्ता भएको हो ।
धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेका भेटिने साम्पाङ केहि दिन अघि काठमाडौं आएका थिए । खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर बालेनलाई भेटेका हुन् । साम्पाङ धरानका उपमेयर अइन्द्रविक्रम बेघासहितको टोली लिएर महानगपालिका पुगेका थिए । दुवै मेयरबीच समसामयिक विषयमा कुराकानी भएको थियो । साथै दुई पालिकाबीच सहकार्यको विषयमा समेत छलफल भएको छ ।
यसअघि गत भदौमा काठमाडौं आउँदा बालेनले भेट्न नमानेपछि साम्पाङ रिसाएका थिए । त्यो बेलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र साम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको थियो ।
नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...
‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’
काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार संसद सचिवालयमा पत्र...
गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...
कर्णाली सरकारको खर्च ३३ प्रतिशत
काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...
विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...